नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद सकिएको भेटिएको छ।
महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा करिब ९ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको औषधि र स्वास्थ्य सामग्री म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका छन्।
स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतका संस्थाहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ।
प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभागमा मात्र विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ मूल्यका औषधिहरूको म्याद सकिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार, वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ हजार ९६ हजार र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार रुपैयाँ मूल्यका सामग्री म्याद सकिएका छन्।
महालेखाले औंल्याएको छ, सम्झौताअनुसार म्याद समाप्त भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गरिनुपर्ने भए पनि सरकारले सो प्रक्रिया अपनाएको छैन, जसले गर्दा राज्यको ठूलो लगानी खेर गएको छ।
प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्छ।”
सरकारी अस्पतालमा करोडौंका अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन
शुक्रबार, जेठ १, २०८३
शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा
शुक्रबार, जेठ १, २०८३
आयुर्वेद विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय
शुक्रबार, जेठ १, २०८३
मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’
शुक्रबार, जेठ १, २०८३

