नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्को रजिष्ट्रारको जिम्मेवारी नुजन शर्माले पाएकी छन्। शर्मालाई स्वास्थ्य मन्त्री निशा मेहताले गत २८ बैशाखमा मन्त्रीस्तरीय निर्णयमार्फत परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन्।
हाल शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा अस्पताल नर्सिङ प्रशासक (नवौँ तह) पदमा कार्यरत छिन्।
उनले मन्त्रालय र परिषद्को काम दुईवटा जिम्मेवारीमा सम्हाल्ने बताएकी छन्। शर्माका अनुसार, बिहान मन्त्रालयको कामकाजमा संलग्न हुन्छिन् भने दिउँसो परिषद्को नियमित काममा जुट्छिन्।
यसअघि परिषद्को रजिष्ट्रारको जिम्मेवारी शुक्ला खनालले सम्हाल्दै आएकी थिइन्। सरकारले अघिल्ला पालामा नियुक्त सार्वजनिक पदाधिकारीहरुलाई एकैपटक पदमुक्त गर्ने ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ गत १९ बैशाखमा राजपत्रमा प्रकाशित गरेपछि खनालसहित परिषद्का अन्य पदाधिकारीहरु पदमुक्त भएका थिए।
सरकारले अन्य पदहरुमा क्रमशः नियुक्ति प्रक्रिया अघि बढाउने योजना बनाउँदै आएको छ। हाल दैनिक कार्य संचालनका लागि परिषद्को रजिष्ट्रार पदमा शर्मा जिम्मेवारी सम्हालिन्।
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
मंगलबार, साउन ५, २०८३
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
मंगलबार, साउन ५, २०८३
नेपाल औषधि लिमिटेडले दुई वर्षमा ३६ प्रकारका औषधि उत्पादन गर्ने
मंगलबार, साउन ५, २०८३

