नेपाल हेल्थ न्यूज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त माग गरेको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ।
समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्ने जनाइएको छ। साथै, सम्बन्धित कार्यविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जानकारी दिएको छ।
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३


