नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारलाई तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को रजिष्ट्रारको जिम्मेवारी प्रदान गरेकी छन्।
बरिष्ठ औषधी व्यवस्थापक (१० औँ तह) तण्डुकार हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत थिइन्।
यसअघि परिषद् रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले २२ बैशाखमा पदबाट राजीनामा दिएका थिए। सरकारले हालै ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले उनलाई जोगाएको भए पनि नयाँ परिस्थिति सिर्जना भएपछि पाण्डेयले राजीनामा दिएका थिए।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
