नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशमा रहेका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने आफ्नो पहिला निर्णय स्थगित गरेको छ।
काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले दर्ता किताबबाट यी चिकित्सकको नाम हटाउने निर्णय स्थगित गर्ने निर्णय गरेको हो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले पत्रकारहरूसँग जानकारी दिँदै भने, “पहिला खारेज गर्ने विषयमा सूचना आएको थियो, तर अब उक्त विषय स्थगन गर्ने निर्णय भएको छ। विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिन आह्वान गरिनेछ।”
यसअघि नेपाल मेडिकल काउन्सिलले दुई पटक सार्वजनिक सूचना जारी गर्दै ३६ जना चिकित्सकको दर्ता खारेज गरेको जानकारी दिएको थियो। यो निर्णयपछि चिकित्सक र विभिन्न सरोकारवालाहरूको व्यापक विरोध भएको थियो।
काउन्सिलको नयाँ निर्णयपछि यी चिकित्सकहरूलाई फेरि दर्ता प्रक्रियामा सहभागी हुन अवसर दिइने भएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
