नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थीले सफलता हासिल गरेका छन्। काउन्सिलको २९ वैशाखमा सम्पन्न पूर्ण बैठकले १३१ जना परीक्षार्थी उत्तीर्ण भएको औपचारिक जानकारी दिएको छ।
यस वर्ष २० चैतमा लिइएको परीक्षामा कुल १६५ जना परीक्षार्थीले फारम भरेका थिए। तर दुई जना परीक्षार्थी अनुपस्थित भएका थिए। परीक्षाफल अनुसार, ३२ जना परीक्षार्थी असफल भएका छन्।
त्यसैगरी, काउन्सिलले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले सातवटा नयाँ समिति गठन गर्ने निर्णय गरेको छ। गठन गरिने समितिहरूमा शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायिक आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद समिति समावेश छन्।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
