नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अब गैरकानुनी रूपमा ‘डाक्टर’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिहरूलाई कडा कारबाही गर्ने निर्णय गरेको छ। कानूनअनुसार काउन्सिलमा दर्ता नभएका व्यक्ति वा स्वास्थ्यकर्मीले आफ्नो नाम अगाडि ‘डा.’ लेखेर सेवा दिँदा तीन वर्षसम्म जेल वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने छ।
मेडिकल काउन्सिलले अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्नेहरूका विरुद्ध ‘जिरो टोलरेन्स’ नीति लागू गर्दै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
यस अन्तर्गत निजी क्लिनिक, अस्पताल, परामर्श केन्द्र, सामाजिक सञ्जाल र अन्य माध्यममा गैर चिकित्सकले डाक्टरको उपाधि प्रयोग गर्दै बिरामी जाँच वा औषधि सिफारिस गरेको पाए कारबाही गरिनेछ।
काउन्सिलले स्पष्ट पारेको छ कि केवल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूलाई मात्र एलोप्याथिक उपचार, परामर्श र औषधि सिफारिस गर्ने अधिकार छ। विदेशी वा स्वदेशी विश्वविद्यालयबाट ‘डा.’ उपाधि प्राप्त गरेको प्रमाण मात्र नेपालमा स्वतन्त्र चिकित्सा अभ्यास गर्ने अधिकार दिन सक्दैन।
सूचनामा भनिएको छ कि १५ दिनभित्र अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेले आफ्नो नामको उपाधि हटाउनुपर्छ। त्यसपछि काउन्सिलको विशेष टोली स्थलगत तथा डिजिटल निगरानी गर्नेछ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
