नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणले नेपालको स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव अझै चुनौतीका रूपमा रहेको देखाएको छ।
सर्वेक्षणअनुसार प्रति हजार जनसंख्यामा चिकित्सकको अनुपात १.८६ मात्र रहेको छ भने नर्सको अनुपात ४.४२ पुगेको छ। जनसंख्याको तुलनामा स्वास्थ्यकर्मीको उपलब्धता अझै पर्याप्त नभएको प्रतिवेदनले औंल्याएको छ।
स्वास्थ्य पूर्वाधार विस्तारतर्फ भने प्रगति देखिएको छ। देशभर हाल ८ हजार ९ सय ७६ सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन्। साथै, विभिन्न अस्पतालमा गरी १८ हजार ६ सय ४० शय्या उपलब्ध रहेको सर्वेक्षणमा उल्लेख छ।
स्थानीय तहसम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ५, १० र १५ शय्याका १२१ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेका छन्। यस्तै, थप ३१४ वटा आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्।
सरकारले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखे पनि दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता बढाउनु अझै चुनौतीपूर्ण देखिएको आर्थिक सर्वेक्षणले संकेत गरेको छ।
नेपालमै २९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण
बुधबार, जेठ १३, २०८३
टोफासिटिनिब औषधिको मूल्य असमानतामाथि विभागको चासो, कम्पनीहरूलाई स्पष्टीकरण माग
बुधबार, जेठ १३, २०८३
इबोला प्रकोप रोक्न रुसले तयार गर्यो नयाँ खोप
बुधबार, जेठ १३, २०८३
जेठ १६ देखि निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित
बुधबार, जेठ १३, २०८३

