नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले भक्तपुरको दुवाकोटस्थित जग्गा ६ दिनभित्र खाली गर्न नेपाल इन्जिनियरिङ कलेजलाई अल्टिमेटम दिएको छ। वीर अस्पतालको विस्तारित परियोजनाअन्तर्गत विशिष्टीकृत अस्पताल निर्माण अघि बढाउन जग्गा खाली गर्न निर्देशन दिइएको हो।
न्याम्सले कलेजलाई पत्राचार गर्दै सो स्थानमा निर्माण प्रक्रिया तत्काल अघि बढाउन जग्गा खाली गर्न आग्रह गरेको जनाएको छ। सहरी विकास तथा भवन निर्माण विभाग र गुरु मेटल–गोकर्ण जेभीबीच उक्त स्थानमा अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भन्दै निर्माण कार्य सुरु गर्न ढिलाइ गर्न नहुने प्रतिष्ठानको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले गत २०८३ वैशाख ३० गते सरकारी जग्गा संरक्षण गर्दै आफ्नै भौतिक संरचना निर्माण अघि बढाउन दिएको निर्देशनअनुसार यो कदम चालिएको न्याम्सले स्पष्ट पारेको छ।
न्याम्सका अनुसार विगत तीन वर्षदेखि जग्गा खाली गर्न पटक–पटक पत्राचार गरिए पनि कलेजले अटेर गर्दै आएको छ। सरकारले सात वर्षअघि नै दुवाकोटमा १,५०० शय्याको अत्याधुनिक र विशिष्टीकृत अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। लामो समयदेखि जग्गा विवादका कारण रोकिएको उक्त परियोजना हाल ठेक्का सम्झौता भइसकेपछि निर्माण चरणमा प्रवेश गरेसँगै जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको हो।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

