नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ८५ हजार नाघेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म विभिन्न नियामक निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ८५ हजार ३ सय ७० पुगेको हो।
गत वर्ष अर्थात् २०८१ फागुनसम्म यस्तो संख्या ३ लाख ६६ हजार ५ सय ५ रहेको थियो। एक वर्षको अवधिमा स्वास्थ्यकर्मी दर्ता संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।
तथ्यांकअनुसार २०८२ फागुनसम्म ३५ हजार १ सय ८७ मेडिकल चिकित्सक, ६ हजार ८३ दन्त चिकित्सक, १२ हजार ९ सय ५३ विशेषज्ञ चिकित्सक, गरी कुल ५४ हजार २ सय २३ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता छन्। २०८१ फागुनसम्म ४९ हजार दुई सय १० चिकित्सक नेपाल काउन्सिलमा दर्ता भएका छन्।
यस्तै, नेपाल नर्सिङ काउन्सिलमा १ लाख २८ हजार ८ सय ३४ नर्स दर्ता भएका छन्। तीमध्ये १ हजार ९ सय ५६ विशेषज्ञ नर्स, ८८ हजार २ सय ३२ नर्स, ३७ हजार ५ सय ९५ अनमी, १ सय ९५ मिडवाइफ तथा ९ सय ५६ विदेशी नर्स रहेका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा १ लाख ७० हजार २ सय २६ स्वास्थ्यकर्मी दर्ता भएका छन् भने नेपाल आयुर्वेद मेडिकल परिषद्मा २५ हजार ३ सय ३२ स्वास्थ्यकर्मी दर्ता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
