नेपाल हेल्थ न्युज, काठमाडौं । देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेको प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइन माध्यमबाट प्राप्त आवेदनहरूको आधिकारिक संख्या ११३ पुगेको हो।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत जेठ ४ गते दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको थियो।
सचिवालयका अनुसार सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ। उक्त प्रतिष्ठानको उपकुलपति पदका लागि २६ जनाले आवेदन दिएका छन्।
त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको आवेदन परेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जनाले आवेदन दिएका छन्।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाले आवेदन दिएका छन्। यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा कम आवेदन जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ। उक्त प्रतिष्ठानको उपकुलपति पदका लागि ११ जनाले आवेदन दिएका छन्।
प्राप्त आवेदनहरूमध्ये छनोट तथा सिफारिस समितिले कार्यविधिअनुसार उम्मेदवारहरूको योग्यता, कार्ययोजना तथा प्रस्तुतीकरणको मूल्याङ्कन गरी उपयुक्त नामहरू सिफारिस गर्ने जनाएको छ।
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
बुधबार, भदौ २४, २०८३
