नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्यको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।
तर, आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक नगरी आवेदन आह्वान गर्दा इच्छुक उम्मेदवारहरू अन्यौलमा परेका थिए। उक्त विषयमा सञ्चार माध्यममा समाचार आएपछि मन्त्रालयले विशेष कारणवश अर्को सूचना नआएसम्म आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको छ।
मन्त्रालयले जानकारी दिएको छ कि स्थगन सम्बन्धी अर्को सूचना केही दिनमै प्रकाशित गरिनेछ। यसअघि मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, स्वास्थ्य बिमा बोर्ड र अन्य विभिन्न परिषद्हरूमा पदाधिकारी तथा सदस्यका लागि आवेदन आह्वान गरेको थियो। सरकारले केही समय अघि अध्यादेशमार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा १९३ पद रिक्त रहेका थिए।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
