नेभिगेशन

डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ, अन्य ५ जना दोषी ठहर

नेपाल हेल्थ न्युज, काठमाडौं । म्यामोग्राफी मेसिन खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रासहित ८ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।

सोमबार भएको फैसलामा विशेष अदालतले डा. मिश्रासहित तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशकको हैसियतमा कार्यरत रहेकी बेला मेसिन खरिद प्रक्रियामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएको ठहर गर्दै सबैलाई निर्दोष घोषणा गरेको हो।

सफाइ पाउने अन्य व्यक्तिहरूमा विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दीपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन्।

उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो। आयोगले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै उनीहरूमाथि भ्रष्टाचारको मुद्दा अघि बढाएको थियो।

तर सोही मुद्दामा डा. श्रवण, डा. चौरसिया सहित चार जनालाई भने दोषी ठहर गरिएको छ। अदालतले उनीहरूलाई चार महिना कैद सजायका साथै जरिवाना तोकेको छ।

त्यसैगरी, उपकरण आपूर्ति गर्ने 'Maxim Incorporation Traders Pvt. Ltd.' का सञ्चालक सुन्दर भुषाल र उक्त कम्पनीलाई समेत मुख्य दोषीको मतियार (सहयोगी) ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ अनुसार कैद र जरिवाना हुने फैसला सुनाइएको छ।

sangita-1781546393-1781589739.jpg
sangita2-1781546393-1781589765.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट