नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थपलियाले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता किमोथेरापी औषधि नपाउँदा बिरामीको जीवन जोखिममा परेको बताउनुभयो।
उहाँका अनुसार केही समयअघि स्वास्थ्य मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आपूर्ति सहज बनाउन निर्देशन दिए पनि त्यसको प्रभाव अझै देखिएको छैन।
“मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको भनियो, तर आज पनि बिरामीले औषधि पाएका छैनन्,” थपलियाले भन्नुहुन्छ। “हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोका लागि पुगेका बिरामीले औषधि नपाएर मलाई गुहार्नुभएको छ। मन्त्रीको निर्देशन कहाँ हरायो ?”
सांसद थपलियाले सिस्प्लाटिन हाल नेपालका कुन–कुन अस्पताल तथा औषधि केन्द्रमा उपलब्ध छ भन्ने सूची तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो। साथै, यस्ता अत्यावश्यक औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के हो भन्ने स्पष्ट गर्न पनि उहाँले आग्रह गर्नुभयो।
त्यसैगरी, मन्त्रीले निरीक्षण गरेका कम्पनीहरूको अनुमति प्रक्रिया कहाँ पुगेको छ र बजारमा औषधिको आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ।
थपलियाले केवल निर्देशन दिएर मात्र नबस्न र बिरामीसम्म औषधि पुगिरहेको छ कि छैन भन्ने प्रभावकारी अनुगमन गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
