नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका सरकारी चिकित्सा शिक्षण संस्थाहरूमा एमबीबीएस भर्ना कोटा बढाउने विषयलाई अघि बढाउने संकेत गरेको छ।
प्रतिनिधिसभामा सांसद हर्कराज राईले बीपी कोइराला प्रतिष्ठानको एमबीबीएस कोटा १०० बाट १५० पुर्याउनुपर्ने माग उठाएपछि सरकारले यस विषयमा सकारात्मक धारणा राखेको हो।
शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार कोटा विस्तारको विषयमा सरकार गम्भीर रूपमा छलफलमा छ र केवल बीपी मात्र होइन, अन्य मेडिकल कलेजहरूको क्षमता बढाउने योजना पनि समेटिएको छ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत चिकित्सा शिक्षण संस्थाहरूको भर्ना क्षमता विस्तार गर्ने लक्ष्य उल्लेख गरिएको बताएको छ।
त्यसैगरी, प्रतिष्ठानको आर्थिक अवस्था सुधार गर्न विदेशी विद्यार्थी भर्ना सम्बन्धी नीतिमा पनि पुनरावलोकन आवश्यक रहेको सरकारको धारणा छ। पहिले विदेशी विद्यार्थीको उपस्थिति राम्रो हुँदा संस्थाको आम्दानी बलियो रहेको तर अहिले त्यसमा कमी आएको व्यवस्थापनको गुनासोलाई सरकारले ध्यानमा लिएको छ।
सरकारले विदेशी विद्यार्थी भर्ना प्रक्रियामा आवश्यक सुधारका विकल्पहरू पनि अध्ययन भइरहेको र कोटा वृद्धि तथा संस्थागत क्षमता विस्तारलाई प्राथमिकतामा राखेर अघि बढाइने जनाएको छ।
नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
बिहीबार, असार ४, २०८३
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
बिहीबार, असार ४, २०८३
स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिबद्ध छः मन्त्री मेहता
बुधबार, असार ३, २०८३

