नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा आगामी असार १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ।
अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट बिमा सेवा वापत अस्पताललाई प्राप्त हुनुपर्ने मागदाबी रकममध्ये केही भुक्तानी प्राप्त भएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
अस्पतालको बिमा शाखाका इन्चार्ज मनोज थापा का अनुसार अस्पताल प्रशासन तथा निर्देशकहरूको बैठकले असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
लामो समयदेखि बिमा सेवा वापतको भुक्तानी नहुँदा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको थियो। हाल स्वास्थ्य बिमा बोर्डले अस्पताललाई केही रकम उपलब्ध गराएपछि सेवा पुनः सञ्चालनको वातावरण बनेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार प्रारम्भिक चरणमा बिमा बोर्डबाट प्राप्त रकमका आधारमा सेवा सञ्चालन गरिनेछ भने बाँकी भुक्तानी प्रक्रियालाई समेत निरन्तरता दिने अपेक्षा गरिएको छ। स्वास्थ्य बिमा सेवाको पुनः सञ्चालनसँगै बिमित नागरिकहरूले पुनः सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
