नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालसहित ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई ठूलो परिमाणमा दाबी रकम भुक्तानी गरेको छ।
बोर्डले असार ८ गतेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी भुक्तानी तथा पेश्की फर्छ्यौट गरेको जनाएको छ। अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाख रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई दिइएको ४ अर्ब ३६ करोड ६९ लाख रुपैयाँभन्दा बढी पेश्की रकम समायोजन (फर्छ्यौट) गरिएको छ।
दाबी भुक्तानी गर्दा बोर्डको निर्णयअनुसार स्वीकृत रकमको २ प्रतिशत रकम कट्टा गरी बाँकी रकम मात्र सम्बन्धित संस्थाहरूलाई पठाइएको जनाइएको छ। यस भुक्तानीसँगै आर्थिक वर्ष २०८१/८२ का सबै स्वीकृत दाबी तथा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार यस ठूलो भुक्तानीले देशभर स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिइरहेका अस्पतालहरूको आर्थिक दायित्व कम हुने र बीमित नागरिकलाई सेवा प्रवाह अझ प्रभावकारी र निरन्तर बनाउन सहयोग पुग्ने जनाएको छ ।
यस्तो छ (सूची)
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
