नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालसहित ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई ठूलो परिमाणमा दाबी रकम भुक्तानी गरेको छ।
बोर्डले असार ८ गतेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी भुक्तानी तथा पेश्की फर्छ्यौट गरेको जनाएको छ। अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाख रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई दिइएको ४ अर्ब ३६ करोड ६९ लाख रुपैयाँभन्दा बढी पेश्की रकम समायोजन (फर्छ्यौट) गरिएको छ।
दाबी भुक्तानी गर्दा बोर्डको निर्णयअनुसार स्वीकृत रकमको २ प्रतिशत रकम कट्टा गरी बाँकी रकम मात्र सम्बन्धित संस्थाहरूलाई पठाइएको जनाइएको छ। यस भुक्तानीसँगै आर्थिक वर्ष २०८१/८२ का सबै स्वीकृत दाबी तथा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार यस ठूलो भुक्तानीले देशभर स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिइरहेका अस्पतालहरूको आर्थिक दायित्व कम हुने र बीमित नागरिकलाई सेवा प्रवाह अझ प्रभावकारी र निरन्तर बनाउन सहयोग पुग्ने जनाएको छ ।
यस्तो छ (सूची)
३७६ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो ३ अर्ब ५६ करोड भुक्तानी
शुक्रबार, साउन २९, २०८३
सर्पदंश र रेबिज उपचारका लागि आवश्यक औषधि टेकुमा आइपुग्यो
शुक्रबार, साउन २९, २०८३
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक र नर्सिङ प्राध्यापकको माग
शुक्रबार, साउन २९, २०८३
गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
शुक्रबार, साउन २९, २०८३
