नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले २५ जना स्टाफ नर्स पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालको कर्मचारी प्रशासन शाखाले प्रकाशित गरेको सूचनाअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिबाट स्वीकृत अस्थायी दरबन्दीअनुसार करार सेवामा २५ जना स्टाफ नर्स नियुक्त गर्न लागिएको हो।
योग्यता अनुसार त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएस्सी नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको र ४० वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले अस्पतालको वेबसाइट vacancy.tuth.org.np मार्फत आगामी असार २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदनसँगै एसएलसीरएसईईदेखि माथिका शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, नेपाल नर्सिङ काउन्सिल दर्ता प्रमाणपत्र, विदेशमा अध्ययन गरेकाको हकमा समकक्षता प्रमाणपत्र तथा पासपोर्ट साइज फोटो अपलोड गर्नुपर्नेछ।
अस्पतालले आवेदन शुल्क दुई हजार रुपैयाँ तोकेको छ। पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गरिने र परीक्षा सम्बन्धी थप विवरण पछि वेबसाइटमार्फत प्रकाशित गरिने जनाएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
