नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८३/०८४ का लागि चिकित्सा शिक्षाको स्नातक, स्नातकोत्तर, स्पेसियालिटी तथा डीएम, एमसिएच र सवस्पेसियालिटी तहको एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै कार्यान्वयन गर्न सम्बन्धित सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्था तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ को उपदफा (९)बमोजिम क्यालेन्डर स्वीकृत गरिएको जनाएको छ। आयोगद्वारा जारी सूचनाअनुसार सबै सम्बन्धित निकायले तोकिएको समयसीमाभित्र शैक्षिक गतिविधि सम्पन्न गर्नुपर्नेछ।
क्यालेन्डरअनुसार सबै तहका कार्यक्रमका लागि २०८३ श्रावण मसान्तभित्र सेल्फ अप्राइजल फाराम भर्ने, त्यसपछि भदौ तेस्रो हप्तासम्म भेरिफिकेशन तथा स्थलगत अनुगमन गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा शिक्षण संस्थाको सिट निर्धारण, आवेदन आह्वान, आवेदन दर्ता, एकीकृत प्रवेश परीक्षा, नतिजा प्रकाशन, पुनर्योग, प्राथमिकताक्रम निर्धारण, म्याचिङ तथा भर्नाका कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०८३ असोज तेस्रो हप्ताभित्र सम्पन्न गरी नतिजा असोज मसान्तसम्म सार्वजनिक गरिनेछ। म्याचिङ तथा भर्ना माघ दोस्रो हप्तासम्म सम्पन्न गरी सोही समयदेखि कक्षा सञ्चालन हुनेछ।
यस्तै, स्नातकोत्तर तथा स्पेसियालिटी तहको प्रवेश परीक्षा २०८३ माघ चौथो हप्ताभित्र सम्पन्न गरी फागुन र चैत महिनाभित्र भर्ना प्रक्रिया टुंग्याइने तथा २०८४ वैशाख पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ।
डीएम, एमसिएच तथा सवस्पेसियालिटी तहका लागि प्रवेश परीक्षा २०८३ मङ्सिर पहिलो हप्ताभित्र सम्पन्न गरी पुस दोस्रो हप्तासम्म भर्ना प्रक्रिया पूरा गर्दै सोही समयदेखि कक्षा सञ्चालन गरिने आयोगले जनाएको छ।
आयोगले स्वीकृत एकीकृत शैक्षिक क्यालेन्डरको पूर्ण कार्यान्वयन गर्न सम्बन्धित सबै शैक्षिक तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
थप जानकारीका लागि विज्ञप्ति हेर्नुहोस् :
-1782451518.jpeg)
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
मंगलबार, भदौ ९, २०८३
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
