नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सुरु गरिनेछ। यससँगै स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले पुनः ओपीडी सेवा लिन सक्नेछन्।
अस्पतालले बीमा अन्तर्गतको ओपीडी टिकट वितरणको समयसमेत निर्धारण गरेको छ। सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्। अस्पतालले तोकिएको समयमै उपस्थित भई सेवा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
