नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट प्रक्रियालाई अघि बढाएको छ।
मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये प्रारम्भिक मूल्यांकनबाट छनोट भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार २०८३ साल जेठ ४ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्यांकन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम गरिएको हो।
मूल्यांकनबाट छनोट भएका उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको मन्त्रालयले जनाएको छ। छनोट भएका उम्मेदवारहरूले कार्यविधिमा उल्लेख गरिएका आवश्यक कागजातका सक्कल प्रतिसहित २०८३ साल असार १६ र १७ गते हुने अन्तर्वार्तामा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
मन्त्रालयले छनोट भएका उम्मेदवारहरूको नामावली र अन्तर्वार्ताको विस्तृत तालिका सूचनासँगै सार्वजनिक गरेको छ। उक्त प्रक्रियापछि छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि सरकारसमक्ष नाम सिफारिस गर्नेछ।



स्वास्थ्य बीमा बोर्डले ५०० औषधि र ३० प्रयोगशाला परीक्षणको शुल्क पुनः हेरफेर गर्ने
सोमबार, असार १५, २०८३
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी
आइतबार, असार १४, २०८३
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
आइतबार, असार १४, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
आइतबार, असार १४, २०८३
