नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले चिकित्सीय अभ्यास गर्ने, औषधि सिफारिस गर्ने तथा भ्रामक स्वास्थ्य जानकारी फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। संघले यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्र उपचार तथा औषधि सिफारिस लिन सर्वसाधारणलाई आग्रह गरेको हो।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल सामाजिक सञ्जालमा संघलाई लक्षित गरी सम्प्रेषण भइरहेका विभिन्न समाचारप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। तथ्यहीन र भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिले स्वास्थ्य क्षेत्रमा भ्रम सिर्जना गर्ने उल्लेख गरिएको छ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) उद्धृत गर्दै संघले आधुनिक चिकित्सासम्बन्धी सेवा प्रदान गर्न कानुनी रूपमा आवश्यक योग्यता, उपाधि, डिग्री तथा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै चिकित्सीय अभ्यास गर्न पाउने स्पष्ट गरेको छ। संघका अनुसार आवश्यक चिकित्सा शिक्षा हासिल गरी कानुनी प्रक्रिया पूरा गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र आधुनिक चिकित्सा अभ्यास गर्ने अधिकार छ।
संघले ‘एन्टी क्वाकरी’ अर्थात् अवैध तथा अदक्ष व्यक्तिबाट गरिने उपचारविरुद्ध आफू सधैँ दृढ रूपमा उभिने प्रतिबद्धता पनि दोहोर्याएको छ। सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले चिकित्सीय अभ्यास गर्ने, औषधि सिफारिस गर्ने र भ्रामक स्वास्थ्य सूचना प्रवाह गर्ने गतिविधि बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।
संघले सर्वसाधारणलाई कुनै पनि स्वास्थ्य समस्या हुँदा आधिकारिक योग्यता प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्र उपचार गराउन तथा औषधि सिफारिस लिन आग्रह गरेको छ।
वीर र ट्रमामा खुल्दै सुलभ फार्मेसी, क्युआरबाटै बिरामीको रिपोर्ट
मंगलबार, असार १६, २०८३
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
मंगलबार, असार १६, २०८३
त्रिवि शिक्षण अस्पतालले गर्यो २६औँ कलेजो प्रत्यारोपण
मंगलबार, असार १६, २०८३
बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट
मंगलबार, असार १६, २०८३
