नेभिगेशन

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ र रजिष्ट्रारमा ३७ जनाको उम्मेदवारी

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदका लागि २४ जनाको उम्मेदवारी परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सूचनाअनुसार वर्तमान निमित्त रजिष्ट्रार रवीकान्त मिश्रसहित २४ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन्।

अध्यक्ष पदका उम्मेदवारहरूमा रवीकान्त मिश्र, नीरन्जन थापा, सगुन पौडेल, मिरज सुवेदी, रन्जीत ठाकुर, कमल रानाभाट, मुकेश कुमार मिश्र, सुरज साह, सुरज भुसाल, सोमकान्त बराल, राजेश प्रसाद यादव, महेन्द्र प्रसाद भट्ट, दामोदर रोक्का, ज्ञानेन्द्र झा, विजय शंकर यादव, आमोद कुमार पौडयाल, जितेन्द्र ठाकुर, मुकेश कुमार झा, ईस्वरीय लामिछाने, हरि कुमार लम्साल, मुकेश कुमार यादव, भुवन साउद, रमेश भट्ट र गोविन्द पौडेल रहेका छन्।

त्यसैगरी परिषद्को रजिष्ट्रार पदका लागि ३७ जनाले उम्मेदवारी दिएका छन्। रजिष्ट्रार पदका प्रमुख उम्मेदवारहरूमा गंगाराज अर्याल, हरि प्रसाद भुसाल, रन्जीत ठाकुर, चाँदनी जयसवाल, ज्ञानेन्द्र दवाडी, अविनाश झा, तुलसी प्रसाद सुवेदी, रमेश श्रेष्ठ, रोशनकुमार महतो, नरेश कुमार शाह, मनु पन्थी, गंगा प्रसाद जोशी, सोमकान्त बराल, भुवन साउद, तुल्सीराम भण्डारी, नवीनकुमार झा लगायत रहेका छन्।

मन्त्रालयले अध्यक्ष र रजिष्ट्रार पदका लागि प्राप्त उम्मेदवारीको सूची सार्वजनिक गरेको हो। छनोट प्रक्रिया सम्बन्धित कार्यविधिअनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट