नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, कर्खानाका सहसंस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको जनाएको छ।
सीटीईभीटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। काउन्सिलले पाठ्यक्रम विकास, नयाँ शैक्षिक कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्यांकन प्रणालीको विकास तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
नवनियुक्त सदस्यहरूमध्ये डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन्।
त्यसैगरी, कर्खानाका सहसंस्थापक डा. दिपेश्वरमान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि गरेका छन्। नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्।
स्वास्थ्य मन्त्रालयको नयाँ आचारसंहिता सार्वजनिक, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
बिहीबार, असार १८, २०८३
नेपाल मेडिकल काउन्सिलको लोगो दुरुपयोग नगर्न आग्रह
बिहीबार, असार १८, २०८३
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त
बिहीबार, असार १८, २०८३
पूर्वसचिव भीम उपाध्यायविरुद्ध चिकित्सक संघले गर्यो साइबर ब्यूरोमा उजुरी
बिहीबार, असार १८, २०८३
