नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो आधिकारिक लोगो, नाम तथा पहिचानको अनधिकृत प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार गरिएका फोटो, भिडियो तथा अन्य भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले बिहीबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत पूर्वस्वीकृतिबिना काउन्सिलको लोगो, नाम र आधिकारिक पहिचान प्रयोग गर्नु प्रचलित कानुन तथा काउन्सिलका नियमविपरीत हुने स्पष्ट गरेको छ।
सूचनामा यस्ता भ्रामक सामग्रीका कारण सर्वसाधारणमा अन्योल सिर्जना हुनुका साथै नेपाल मेडिकल काउन्सिलको आधिकारिकता र विश्वसनीयतामा समेत गम्भीर असर पर्न सक्ने उल्लेख गरिएको छ।
काउन्सिलले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति, संस्था तथा सामाजिक सञ्जालका पेज सञ्चालकलाई सम्बन्धित सामग्री तत्काल हटाउन तथा भविष्यमा यस्ता कार्य पूर्ण रूपमा बन्द गर्न चेतावनी दिएको छ।
काउन्सिलले चेतावनीको बेवास्ता गरेमा लोगो तथा आधिकारिक पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा संस्थाविरुद्ध प्रचलित कानुन, विशेषगरी साइबर अपराध तथा प्रतिलिपि अधिकारसम्बन्धी कानुनी व्यवस्था अनुसार कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
स्वास्थ्य मन्त्रालयको नयाँ आचारसंहिता सार्वजनिक, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
बिहीबार, असार १८, २०८३
सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित
बिहीबार, असार १८, २०८३
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त
बिहीबार, असार १८, २०८३
पूर्वसचिव भीम उपाध्यायविरुद्ध चिकित्सक संघले गर्यो साइबर ब्यूरोमा उजुरी
बिहीबार, असार १८, २०८३
