नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल रेडियोलोजिष्ट एसोसिएसनले नेपाल मेडिकल काउन्सिलमा दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी तथा इमेजिङ सेवा प्रदान गर्न पाउने कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।
एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार दर्ता प्राप्त चिकित्सकहरूले मात्रै आधुनिक चिकित्सा तथा रेडियोलोजीसम्बन्धी सेवा प्रदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै गैरकानुनी चिकित्सकीय अभ्यासविरुद्धको अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। एसोसिएसनले बिरामीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले कानुनको कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिएको छ।
विशेषगरी रेडियोलोजी तथा इमेजिङ सेवा जस्ता अत्यन्त संवेदनशील क्षेत्रमा आवश्यक योग्यता, तालिम र कानुनी अनुमति बिना सेवा प्रदान गर्ने, चिकित्सकीय प्रतिवेदन तयार गर्ने तथा बिरामीलाई भ्रममा पार्ने गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने एसोसिएसनको भनाइ छ।
एसोसिएसनले गुणस्तरीय, सुरक्षित र कानुनसम्मत स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न तथा कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
