नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको पहिचान गरी आवश्यक कारबाही गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा सम्बन्धित सरकारी निकायहरूलाई पठाइएको पत्रमा दर्ता वा सञ्चालन अनुमति नलिई विभिन्न स्वास्थ्य संस्था सञ्चालन भइरहेको गुनासो प्राप्त भएकाले प्रभावकारी अनुगमन गर्न अनुरोध गरिएको उल्लेख छ।
काउन्सिलका अनुसार केही स्वास्थ्य संस्थाले कानुनी अनुमति नलिई सेवा दिइरहेका छन् भने अनुमति प्राप्त गरेका कतिपय संस्थामा पनि आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा दक्ष जनशक्तिको न्यूनतम मापदण्ड पूरा नभएको पाइएको छ।
यस अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य संस्था स्थापना तथा सञ्चालनको अनुगमन गर्ने जिम्मेवारी भएका निकायलाई आफ्नो कार्यक्षेत्रभित्र नियमित निरीक्षण गर्न र नियमविपरीत सञ्चालन भएका संस्थामाथि कानुनअनुसार कारबाही अघि बढाउन काउन्सिलले आग्रह गरेको छ।
त्यस्तै, सञ्चालन अनुमति प्राप्त भए पनि तोकिएका मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई सुधारका लागि निर्देशन दिन तथा सुधार नगरेमा प्रचलित कानुनबमोजिम आवश्यक कदम चाल्न पनि काउन्सिलले सम्बन्धित निकायलाई अनुरोध गरेको जनाएको छ।
काउन्सिलले नागरिकको स्वास्थ्य अधिकारको संरक्षण, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र प्राविधिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
