नेपाल हेल्थ न्युज, वीरगञ्ज । नारायणी अस्पतालमा लामो समयदेखि थन्किएर रहेको क्याथ ल्याब मेसिनको जडान कार्य अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७६ चैतमा खरिद गरिएको उक्त मेसिन विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले हालसम्म सञ्चालनमा आउन सकेको थिएन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार क्याथ ल्याब जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपकरण जडान सम्पन्न भएपछि नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशका साथै आसपासका जिल्लाका बिरामीले मुटुरोगको परीक्षण तथा उपचारका लागि काठमाडौं वा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ। यस सेवामार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टीलगायत मुटुसम्बन्धी अत्यावश्यक उपचार आफ्नै क्षेत्रमा उपलब्ध हुने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार सेवा सञ्चालन भएपछि यस क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय मुटुरोग उपचार सेवा प्राप्त गर्नेछन्। यसले समय, खर्च र उपचारका लागि हुने झन्झटसमेत घटाउने अपेक्षा गरिएको छ।
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३
चिकित्सकमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघद्वारा दोषीलाई कारबाही गर्न माग
सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
सोमबार, भदौ ८, २०८३
