नेपाल हेल्थ न्युज, कैलाली । सरकारले कैलालीको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले यस सम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो।
यस निर्णयसँगै गेटा अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार हुने, चिकित्सा शिक्षाको अध्ययन–अध्यापन सुरु गर्ने, स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि आवश्यक आधार तयार हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच बढाउने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल हालसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने विषयमा विगत केही समयदेखि आवश्यक नीतिगत प्रक्रिया अघि बढाइएको थियो।
सरकारको स्वीकृतिपछि अस्पतालको संस्थागत संरचना सुदृढ गर्ने, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक जनशक्ति व्यवस्थापनलगायतका तयारीहरू चरणबद्ध रूपमा अघि बढाइने अपेक्षा गरिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
