नेपाल हेल्थ न्युज, कङ्गो। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपका कारण मृत्यु हुनेको संख्या ६४८ पुगेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म १ हजार ८ सय ३० जनामा इबोला संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विगत २४ घण्टामा दर्ता भएका नयाँ संक्रमित र मृत्युका घटनासमेत समावेश गरिएको जनाएको छ।
स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले जारी गरेको विज्ञप्तिअनुसार सरकारले इबोला प्रकोपबाट उच्च प्रभावित क्षेत्रहरूको सूची विस्तार गरेको छ। अब उत्तर र उत्तरपूर्वी क्षेत्रमा रहेका सोपो तथा हाट–युले प्रान्तलाई पनि उच्च जोखिमयुक्त क्षेत्रको सूचीमा समावेश गरिएको छ।
यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कङ्गोमा इबोला संक्रमणको वास्तविक अवस्था आधिकारिक तथ्याङ्कमा देखिएकोभन्दा दुईदेखि चार गुणासम्म बढी हुन सक्ने चेतावनी दिएको थियो।
सरकारले संक्रमण नियन्त्रण, उपचार सेवा विस्तार तथा जनचेतना अभिवृद्धिका लागि आवश्यक कदमहरू तीव्र बनाएको जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
