नेपाल हेल्थ न्युज, काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी गत मङ्गलबारदेखि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्।
उनको शल्यक्रिया वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो। निरौलाका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।
उनका अनुसार शल्यक्रियापछि दीपाश्रीलाई आइसीयूबाट जनरल वार्डमा सारिएको छ। अस्पतालका चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
चिकित्सकका अनुसार स्वास्थ्यमा अपेक्षित सुधार भइरहेकाले उनलाई करिब एक सातापछि अस्पतालबाट डिस्चार्ज गरिने तयारी छ।
दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री, निर्देशक तथा निर्माता हुन्। विशेषगरी ‘छक्का पञ्जा’ श्रृंखलामार्फत उनले दर्शकमाझ लोकप्रियता हासिल गरेकी छन्। उनको स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुक, कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
