नेपाल हेल्थ न्युज, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानको नवनियुक्त उपकुलपति प्रा.डा. स्मृती कार्कीले सोमबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
सरकारको निर्णयअनुसार प्रतिष्ठान ऐन, २०४९ बमोजिम उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. कार्की यसअघि प्रतिष्ठानको प्याथोलोजी विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत रहनुभएको थियो। पदभार ग्रहणका क्रममा प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूले उहाँलाई स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा निमित्त कार्यालय प्रमुख एवं डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, विभिन्न संकायका डीन, सहायक अस्पताल निर्देशक, विभागीय प्रमुख, स्कुल तथा कलेजका प्रमुख, मेट्रोन, शाखा प्रमुख, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
यसअघि सरकारले प्रतिष्ठानका तत्कालीन उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार तथा अस्पताल निर्देशकलाई पदमुक्त गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको थियो। उपकुलपति पदका लागि १६ जना चिकित्सक तथा प्राध्यापकले आवेदन दिएका थिए। छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेका सात जनामध्ये प्रा.डा. कार्की उपकुलपतिमा नियुक्त हुनुभएको हो।
प्रा.डा. कार्की प्रतिष्ठानकै पूर्वविद्यार्थी हुनुहुन्छ। उहाँले यही संस्थाबाट प्याथोलोजी विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको हो। हाउस अफिसरका रूपमा सेवा सुरु गरेकी उनले प्राध्यापक र विभाग प्रमुख हुँदै अहिले प्रतिष्ठानको सर्वोच्च कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएकी छन्।
उहाँले यसअघि कार्यकारिणी समिति सदस्यका रूपमा तथा प्रतिष्ठानका विभिन्न महत्त्वपूर्ण समितिहरूको नेतृत्व गर्दै प्रशासनिक र प्राज्ञिक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
