नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि यसअघि आह्वान गरिएको दरखास्त रद्द गरेको जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २२ बमोजिम लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्यको संयोजकत्वमा गठन हुने सिफारिस समितिले ऐनको दफा २२ को उपदफा (४) अनुसार आफ्नै कार्यविधि बनाई दरखास्त आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
उक्त कानुनी व्यवस्थाअनुसार मिति २०८३ असार २ गते गोरखापत्रमा प्रकाशित स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बन्धित सबैलाई यसबारे जानकारी गराउँदै कार्यकारी निर्देशक पदका लागि नयाँ सूचना छिट्टै प्रकाशन गरिने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
