नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० तथा दफा २२(३) बमोजिम नियुक्ति प्रक्रिया अघि बढाउन सूचना प्रकाशित गरेको हो।
बोर्डका अनुसार इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित स्वास्थ्य बीमा बोर्डमा आवेदन दिनुपर्नेछ।
सूचनाअनुसार उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव रहेको, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १८ मा उल्लेखित योग्यता पूरा गरेको तथा ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ।
आवेदनसँग अनुसूची–९ बमोजिमको आवेदन फाराम, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव खुल्ने प्रमाणित कागजात, व्यक्तिगत विवरण, उमेर पुष्टि हुने प्रमाण, दुई प्रति पासपोर्ट साइजको फोटो, पदसँग सम्बन्धित अन्य प्रमाणपत्र, अनुसूची–२ बमोजिमको स्वःघोषणा तथा दरखास्त दस्तुर बुझाएको रसिद संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ।
त्यसैगरी, उम्मेदवारले बोर्डको चार वर्षे व्यावसायिक तथा आर्थिक कार्ययोजनासमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य बीमा बोर्डले योग्य, अनुभवी र सक्षम नेतृत्व छनोट गरी संस्थाको प्रभावकारी सञ्चालन तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाउने उद्देश्यले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
