नेभिगेशन

कार्यकारी निर्देशक छनोटका लागि ६ उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले कार्यकारी निर्देशक छनोट, काम, कर्तव्य, अधिकार, सेवा तथा सुविधा सम्बन्धी विनियमावली, २०७७ बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो। समितिले २०८२ असार ३२ गते सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको जनाएको छ।

संक्षिप्त सूचीमा धर्मराज गोसाईँ, प्रा. डा. मोहनचन्द्र रेग्मी, डा. अजय कुमार झा, डा. सुरेश श्रेष्ठ, प्रा. डा. अनुज जङ्ग रायमाझी र प्रा. डा. जिवेन्द्र परियार रहेका छन्।

सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई व्यावसायिक कार्ययोजना (प्रेजेन्टेसन) प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ। उम्मेदवारहरूले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिका साथै व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

समितिका अनुसार कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८२ साउन ३ गते बिहान १०ः०० बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सञ्चालन हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट