नेपाल हेल्थ न्युज,। त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।
उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् ।
यद्यपि, बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालको विस्तारित स्वास्थ्य सेवा भने दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
