नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका विभिन्न अस्पतालका जिम्मेवार सम्पर्क अधिकारी (फोकल पर्सन) को विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार सेवाग्राहीले निःशुल्क शय्या सेवामा सहज पहुँच पाउन र उपचारका क्रममा कुनै समस्या वा गुनासो आएमा तत्काल सम्बन्धित अस्पतालसँग समन्वय गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक अस्पतालका सम्पर्क व्यक्ति तोकिएको हो।
सार्वजनिक गरिएको सूचीमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समावेश छन्। प्रत्येक अस्पतालसँग सम्बन्धित फोकल पर्सनको नाम र सम्पर्क नम्बर उपलब्ध गराइएको छ, जसमार्फत बिरामी वा उनका आफन्तले निःशुल्क उपचार सेवाबारे जानकारी लिन तथा आवश्यक परे गुनासो दर्ता गर्न सक्नेछन्।
मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवासम्बन्धी व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन निगरानी र समन्वय प्रणालीलाई थप सुदृढ बनाएको जनाएको छ। यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकिएको छ भने अस्पतालहरूलाई आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, समस्या भए गुनासो गर्न र सेवा प्राप्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
