नेपाल हेल्थ न्युज, काठमाडौं । आमरण अनसनमा रहेकी नर्स ज्योति रानाभाटको अनसन मंगलबार छैटौं दिनमा प्रवेश गरेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रानाभाट पक्षका प्रतिनिधि र मन्त्रालयबीच भएको वार्ता निष्कर्षविहीन भएपछि सहमति हुन सकेन।
वार्ताका क्रममा रानाभाट पक्षका कानुन व्यवसायीले सहमतिको मस्यौदा तयार गर्ने प्रयास गरेका थिए। तर कार्यान्वयनको स्पष्ट प्रत्याभूति नदेखिएको भन्दै रानाभाट पक्षका अन्य प्रतिनिधिले उक्त मस्यौदामा सहमति जनाउन अस्वीकार गरेका हुन्। सहमतिको मस्यौदामाथि मंगलबार पनि थप छलफल जारी रहने जनाइएको छ।
वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी थिए। मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी थिए।
यसैबीच, आईसीयूमा उपचाररत रानाभाटको नियमित रगत परीक्षणसमेत रोकिएको आरोप उनका समर्थकहरूले लगाएका छन्। समर्थकहरूका अनुसार सरकारी अस्पतालमा उपचार भइरहेकै अवस्थामा शुल्क नतिरेको भन्दै अस्पताल प्रशासनले रगत परीक्षण नगरेको थियो। आवश्यक शुल्क बुझाएपछि मात्रै रगत परीक्षण गरिएको उनीहरूको दाबी छ।
रानाभाटको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ भने वार्ताबाट समाधान खोज्ने प्रयास पनि निरन्तर भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
