नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छनोट प्रक्रियापछि डा. आलमलाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिएकी छन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
नवनियुक्त अध्यक्ष आलमले परिषद्को संस्थागत क्षमता सुदृढ गर्दै फार्मेसी क्षेत्रको गुणस्तर सुधार, व्यावसायिक अनुशासन कायम गर्ने तथा जनस्वास्थ्यको हितलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
