नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा. रामहरी चापागाईंलाई नयाँ निर्देशकको जिम्मेवारी दिएको हो।
मन्त्रालयले करिब तीन वर्षपछि अस्पतालको नेतृत्व परिवर्तन गरेको हो। डा. पंकज राय २०८० सालको भदौ १३ गते कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। मन्त्रालयले मंगलबार उनलाई पदबाट हटाउँदै डा. चापागाईंलाई निर्देशकको जिम्मेवारी सुम्पिएको जनाएको छ।
नवनियुक्त निर्देशक डा. रामहरी चापागाईं कान्ति बाल अस्पतालमै कार्यरत ११औँ तहका वरिष्ठ चिकित्सक हुन्। मन्त्रालयले निर्देशक परिवर्तनको औपचारिक निर्णय मंगलबार सार्वजनिक गरेको थियो।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
आज विश्व अंगदान दिवस मनाइँदै
बिहीबार, साउन २८, २०८३
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३ट्रेन्डिङ
