नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा. रामहरी चापागाईंलाई नयाँ निर्देशकको जिम्मेवारी दिएको हो।
मन्त्रालयले करिब तीन वर्षपछि अस्पतालको नेतृत्व परिवर्तन गरेको हो। डा. पंकज राय २०८० सालको भदौ १३ गते कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। मन्त्रालयले मंगलबार उनलाई पदबाट हटाउँदै डा. चापागाईंलाई निर्देशकको जिम्मेवारी सुम्पिएको जनाएको छ।
नवनियुक्त निर्देशक डा. रामहरी चापागाईं कान्ति बाल अस्पतालमै कार्यरत ११औँ तहका वरिष्ठ चिकित्सक हुन्। मन्त्रालयले निर्देशक परिवर्तनको औपचारिक निर्णय मंगलबार सार्वजनिक गरेको थियो।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
