नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सक दिल्ली हरिजनले पारिश्रमिक, श्रमको सम्मान तथा समान कामको समान पारिश्रमिकको माग राख्दै साउन १९ गतेदेखि थालेको आमरण अनशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमार्फत संघले इन्टर्न चिकित्सकले उठाएका ‘समान कामको समान पारिश्रमिक’, ‘श्रमको सम्मान’ तथा यस विषयमा गठित कार्यदलले दिएको सिफारिस कार्यान्वयनलगायतका मागप्रति पूर्ण समर्थन रहेको जनाएको हो।
संघले इन्टर्न चिकित्सकहरूको हकहितका लागि उठाइएका मागहरू जायज रहेको उल्लेख गर्दै ती मागप्रति आफ्नो ऐक्यबद्धता रहेको स्पष्ट पारेको छ।
साथै, अनशनरत दिल्ली हरिजनको जीवनरक्षालाई प्राथमिकतामा राख्दै उहाँले उठाएका मागहरूको शीघ्र र उचित सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान गर्दै उनीहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
बिहीबार, साउन २८, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
