नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागले रेबिजविरुद्धको खोप प्रदेशहरूमा वितरण सुरु गरेको जनाएको छ। विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नियमित खरिद प्रक्रियाबाट प्राप्त खोपको पहिलो खेप सबै प्रदेशका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालेको हो।
महाशाखाका अनुसार प्रदेशहरूमा पुगेको खोप आवश्यकताका आधारमा स्थानीय स्वास्थ्य संस्थाहरूमा वितरण गरिनेछ। खोपको सहज आपूर्ति सुनिश्चित गर्न तथा अभाव हुन नदिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूसँग निरन्तर समन्वय भइरहेको महाशाखाले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले रेबिज रोगको लक्षण देखिएपछि यसको प्रभावकारी उपचार सम्भव नहुने र अधिकांश अवस्थामा बिरामीको ज्यान जाने भएकाले जनावरले टोके वा चिथोरेपछि ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
महाशाखाले रेबिजजस्तो घातक रोगबाट बच्न समयमै खोप लगाउने र आवश्यक सावधानी अपनाउने कार्य सबैभन्दा प्रभावकारी उपाय भएको पनि उल्लेख गरेको छ।
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
आज विश्व अंगदान दिवस मनाइँदै
बिहीबार, साउन २८, २०८३
