नेभिगेशन

स्वास्थ्य शिक्षाका स्नातक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन खुला

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL) २०२७० को अनलाइन आवेदन खुला गरेको छ।

आयोगले जारी गरेको सूचनाअनुसार एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्नातक तहका स्वास्थ्य शिक्षा कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन साउन २५ गते बिहान ९ बजेदेखि खुल्नेछ। आवेदन दिने नियमित म्याद भदौ १५ गते साँझ ५ बजेसम्म तोकिएको छ। नियमित म्याद सकिएपछि भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।

आवेदन शुल्क नेपाली उम्मेदवारका लागि ४ हजार रुपैयाँ तथा विदेशी उम्मेदवारका लागि ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। आवेदन शुल्क हिमालय बैंकमार्फत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आवेदन दिनुअघि उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

आवेदन प्रक्रिया तथा प्रवेश परीक्षासम्बन्धी विस्तृत जानकारी आयोगको प्रवेश परीक्षा पोर्टल र आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने आयोगले जनाएको छ।

थप जानकारीका लागि हेर्नुहोस् :

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट