नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्त गरेको हो।
सरकारले अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई जिम्मेवारी दिएको छ।
नवनियुक्त पदाधिकारीहरूले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। शपथ ग्रहणसँगै उहाँहरूले काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो।
नयाँ नेतृत्वसँगै नेपाल नर्सिङ काउन्सिलको कामकारबाहीलाई थप व्यवस्थित बनाउँदै नर्सिङ शिक्षाको गुणस्तर, पेशागत मापदण्ड र नियमनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३
यस्तो छ स्वास्थ्य सेवा कर्मचारीको तलबः कुन तहको कति ?
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
