नेपाल हेल्थ न्युज, काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त रहेका चार प्रमुख पदाधिकारी पदमा नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको छ।
प्रतिष्ठानले साउन २२ गते सूचना जारी गर्दै शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४’ तथा कार्यकारी परिषद्ले स्वीकृत पदाधिकारी छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम पदपूर्ति प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ।
सूचनाअनुसार इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् साउन २८ गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ।
आवश्यक कागजातसहितको आवेदनको हार्डकपी प्रतिष्ठानको घोराहीस्थित केन्द्रीय कार्यालय वा काठमाडौँको बुद्धनगर, नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा दर्ता गराउन सकिने प्रतिष्ठानले जनाएको छ।
रिक्त पदका लागि आवश्यक योग्यता, आवेदन प्रक्रिया तथा पेस गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
