नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले विभिन्न विभागका लागि मेडिकल अफिसर पदमा करार सेवामार्फत कर्मचारी माग गरेको छ।
प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै नेपाली नागरिकबाट मेडिकल अफिसर पदका लागि अनलाइन दरखास्त आह्वान गरेको जनाएको हो।
इच्छुक उम्मेदवारले प्रतिष्ठानको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख गरिएको समयसीमाभित्र अनलाइन आवेदन दिनुपर्नेछ।
प्रतिष्ठानका अनुसार पदपूर्तिसम्बन्धी विस्तृत विवरण तथा आवश्यक योग्यता, आवेदन प्रक्रिया र समयसीमाबारे जानकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट www.bpkihs.edu मा उपलब्ध छ।
त्यसैगरी, विस्तृत सूचना प्रतिष्ठानको मुख्य कार्यालय धरान तथा सम्पर्क कार्यालय बाँसबारी, काठमाडौंको सूचना पाटीमा समेत हेर्न सकिने जनाइएको छ। थप जानकारीका लागि प्रतिष्ठानको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।

किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
