नेपाल हेल्थ न्युज, ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यकारी पदका लागि आवेदन दिएका उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।
प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रार, डीन तथा अस्पताल निर्देशक पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको जनाएको हो।
गत अगस्ट ३, २०२६ मा प्रकाशित विज्ञापनअनुसार प्राप्त आवेदनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यकारी नियुक्ति नियमावली, २०८३ (संशोधित) बमोजिम मूल्याङ्कन गरिएको प्रतिष्ठानले जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरू अब छनोट प्रक्रियाको अर्को चरणमा सहभागी हुनेछन्।
प्रतिष्ठानका अनुसार उम्मेदवारहरूले भिजन पेपर तथा रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नुपर्नेछ। त्यसपछि उनीहरू अन्तिम अन्तर्वार्तामा सहभागी हुनेछन्। प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तथा स्थानबारे सम्बन्धित उम्मेदवारहरूलाई इमेलमार्फत जानकारी पठाइएको प्रतिष्ठानले जनाएको छ।
सर्टलिस्टअनुसार शिक्षाध्यक्ष (रेक्टर) पदका लागि बाबु राजा महर्जन र विष्णु प्रसाद शर्मा छनोट भएका छन्। त्यस्तै, रजिस्ट्रार पदका लागि अरुण शाही, बद्रीबहादुर खड्का, लिला राज आचार्य, प्रकाश चन्द्र खड्का र तीर्थराज भुजेल सर्टलिस्टमा परेका छन्।
स्कुल अफ मेडिसिनको डीन पदका लागि अरुण कुमार महत, आशिष श्रेष्ठ, डवलबहादुर धामी, रञ्जन प्रसाद देवभण्डारी र श्रीकृष्ण महर्जन छनोट भएका छन्।
त्यसैगरी, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीन पदका लागि बिना राणा खागी, करुणा बज्राचार्य, खागी माया पुन, मञ्जु नेपाल, निरन श्रेष्ठ, रेखा तिमल्सिना र शोभा लक्ष्मी बज्राचार्य सर्टलिस्टमा परेका छन्।
अस्पताल निर्देशक पदका लागि अनिल राज ओझा, पियुष राजभण्डारी, राज कुमार थापा, रञ्जना शर्मा र शान्तवीर महर्जन सर्टलिस्टमा परेका छन्।
अब सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सम्बन्धित पदमा नियुक्तिका लागि अन्तिम प्रक्रिया अघि बढ्नेछ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
