नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले रिक्त रहेको शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानको कार्यकारी परिषद्को १७०औँ र १७१औँ बैठकको निर्णयअनुसार रिक्त पदमा नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।
समितिको २०८३ साल साउन २६ गते बसेको बैठकको निर्णयअनुसार ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
आवेदन सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ साल भदौ १ गतेसम्म कार्यालय समयमा पेश गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले प्रतिष्ठानको छैटौँ तलास्थित सोधपुछ कक्षमा आवेदन बुझाउनुपर्नेछ।
दरखास्त फाराम तथा पदका लागि आवश्यक योग्यता र अन्य विस्तृत विवरण प्रतिष्ठानको वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनजस्ता महत्वपूर्ण शैक्षिक तथा प्रशासनिक पदमा योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने जनाएको छ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
