नेभिगेशन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान

नेपाल हेल्थ न्युज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

प्रतिष्ठानका अनुसार उप–प्राध्यापक (क्रिटिकल मेडिसिन) १ जना, मेडिकल अधिकृत २ जना, सूचना प्रविधि अधिकृत (सातौँ तह) १ जना, डेन्टल हाइजेनिस्ट (पाँचौँ तह) २ जना, रेडियोग्राफर (पाँचौँ तह) ३ जना, रेडियोग्राफर (पाँचौँ तह) महिला १ जना र स्टाफ नर्स (पाँचौँ तह) ३० जना गरी कुल ४० पद मा करार नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

प्रतिष्ठानले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्ने जनाएको छ। आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

पदअनुसार लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत छनोट गरिनेछ। लिखित परीक्षा र अन्तर्वार्ताको मिति तथा स्थान प्रतिष्ठानको वेबसाइटमार्फत पछि प्रकाशित गरिने जनाइएको छ। विदेशमा अध्ययन गरेका उम्मेदवारले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

pokhara-health-science-1-1786515307.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट