नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. नेपाललाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेकी हुन्।
११औँ तहका डा. नेपाल ग्यास्ट्रो सर्जन हुन्। उनी लामो समयदेखि वीर अस्पतालमा कार्यरत रहँदै आएका छन्। त्यसैगरी वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता बिसी नियुक्त भएका छन्।
यसअघि सरकारले डा. प्रभा कोइरालालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो। नवनियुक्त निर्देशक डा. नेपालले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन्।
पदभार ग्रहण गरेपछि डा. नेपालले वीर अस्पतालका समस्या र चुनौतीलाई आफूले वर्षौंदेखि नजिकबाट बुझेको बताएका छन्। उनले गरिब तथा विपन्न नागरिकको भरोसाको केन्द्रका रूपमा रहेको वीर अस्पतालको स्वास्थ्य सेवा सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने बताए।
‘वीर अस्पतालको समस्या वर्षौंदेखि गहिराइमा बुझेको छु,’ उनले भने, ‘गरिब र विपन्नको भरोसाको केन्द्र रहेको वीरको स्वास्थ्य सेवा सुधार गर्ने कुरामा केन्द्रित हुनेछु।’
डा. नेपालले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै बिरामीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माणमा आफू केन्द्रित हुने बताएका छन्।
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा ठाकुर नियुक्त
बिहीबार, साउन २८, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
